कांग्रेस महाधिवेशन : कैलालीका १३ वटै पालिकामा अधिवेशन सम्पन्न(सूचीसहित)

कैलाली - नेपाली कांग्रेस कैलालीले १३ वटै पालिकाहरूमा अधिवेशन सम्पन्न गरेको छ । जिल्लाका केही पालिकामा सर्वसम्मत र केहीमा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन भएको नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह 'मनु'ले जानकारी दिए ।
धनगढी उपमहानगरपालिकाको नगर सभापति सर्वसम्मत चयन भएका छन् । धनगढीको नगर सभापतिमा यज्ञराज उपाध्याय सर्वसम्मत चयन भएका छन् । उपाध्याय निर्माण ब्यबसायी संघ कैलालीका वर्तमान अध्यक्षसमेत हुन ।
यस्तै गोदावरी नगरपालिकाको सभापतिमा बिर बहादुर चोखाल , गौरीगंगा नगरपालिकामा पहल बिक्रम चन्द ,घोडाघोडी नगरपालिकामा बम बहादुर सिंह , लम्कीचुहा नगरपालिकामा इन्द्र बहादुर कुवर , टिकापुर नगरपालिकामा नरेश खत्री, भजनी नगरपालिकाको सभापतिमा नवराज मिश्र निर्वाचित भएका छन् ।
त्यसैगरी जानकी गाउँपालिको सभापतिमा गणेशराज रेग्मी, कैलारी गाउँपालिकामा कृष्णप्रसाद चौधरी, बर्दगोरिया गाउँपालिकामा कृष्ण विष्ट र मोहन्याल गाउँपालिकामा कमलबहादुर साउद, जोशिपुर गाउपालिकामा बसिराम चौधरी र चुरे गाउँपालिकाको सभापतिमा हेम शाह चयन भएका पार्टी सभापति शाहले जानकारी दिए ।
१- धनगढी उपमहानगरपालिका : सभापति - यज्ञराज उपाध्याय
२- टिकापुर नगरपालिका : सभापती - नरेश खत्री
३- गौरीगंगा नगरपालिका : सभापति - पहल बिक्रम चन्द
४- लम्किचुहा नगरपालिका : सभापति - ईन्द्र कुवँर
५- भजनी नगरपालिका : सभापती - नवराज मिश्र
६- गोदावरी नगरपालिका : सभापती - बिर बहादुर चोखाल
७- घोडाघोडी नगरपालिका : सभापती - बम बहादुर सिंह
८- चुरे गाउँपालिका : सभापति - हेम शाह
९- जानकी गाउँपालिका : सभापति - गणेश रेग्मी
१०- बर्दगोरिया गाउँपालिका : सभापति - कृष्ण बिष्ट
११- कैलारी गाउँपालिका : सभापति - कृष्ण प्रसाद चौधरी
१२- मोहन्याल गाउँपालिका : सभापती - कमल साउद
१३- जोशिपुर गाउँपालिका : सभापती - बंशराम चौधरी

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया