कांग्रेस महाधिवेशन : सर्लाहीमा निर्वाचन अधिकृतमाथि हातपात

जनकपुरधाम - नेपाली कांग्रेस सर्लाहीका निर्वाचन अधिकृतमाथि कार्यकताले हातपात गरेका छन् । वडा अधिवेशनका लागि मतदान अधिकृत खटाउने विषयमा पार्टी कार्यालयमा बसेको बैठकका क्रममा सांसद् अमरेश सिंह र पूर्वसभापति लक्ष्मण यादव पक्षधर कार्यकताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेमाथि हातपात गरेका हुन् ।
जिल्लाका २० स्थानीय तहका दुई सय वडामा मंसिर २ गते चुनाव गर्ने पूर्वसहमतिअनुसार निर्वाचन अधिकृत खटाउने विषयमा बैठक बसेको थियो । ‘निर्वाचन अधिकृत खटाउनेबारे पार्टी कार्यालय मलगंवामा बसेको बैठकका क्रममा सांसद् सिंह र पूर्वसभापति यादव समूहका कार्यकर्ता एक्कासी आएर तिम्रो यहाँ काम छैन, यहाँबाट जाउ भन्दै हातपात गरेका हुन्,’ जिल्ला सभापति नागेन्द्रकुमार रायले बताए ।
निर्वाचन अधिकृतको विवादका कारण मंसिर २८ गते नै हुनुपर्ने वडा अधिवेशन हालसम्म हुन सकेको छैन । पूर्वसभापति यादव र सांसद् सिंह पक्षधरले कब्जा जमाएका पार्टीका भातृ संगठन शिक्षक संघले आफू अनुकुल निर्वाचन अधिकृत तोकिनुपर्ने अडान राखेको कारण वडाहरुमा निर्वाचन हुन नसकेको सभापति रायले जानकारी दिएका छन् । यस्तै केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठले पनि निर्वाचन अधिकृत खटाउनेबारे दुई पक्षीय छलफल भइरहेका बेला पौडेल पक्षले जिल्ला पार्टी कार्यालय घेरा हालेर निर्वाचन अधिकृत पाण्डेलाई हातपात गरेका जानकारी दिए ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया