नमोबुद्ध ईन्टरनेशनल मोडेल स्कुललाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं :टोखा नगरपालिका–६ स्थित नमोबुद्ध ईन्टरनेशनल मोडेल स्कुलले ‘उत्कृष्ट अन्तराष्ट्रिय विद्यालय अवार्ड’ प्राप्त गरेको छ ।
शिक्षा क्षेत्रमा काम गरिरहेका दुई संस्था इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेशन (इन्सीड) तथा सोसाईट फर पर्मानेन्ट आर्ट, कल्चर एण्ड एजुकेशन (स्पेस) ले डिसेम्बर २०, २०२० मा आयोजना गरेको अन्तर्राष्ट्रिय शिक्षा सम्मेलन र पुरस्कार कार्यक्रममा अर्वाडको घोषणा गरिएको हो । भर्चुअल रुपमा भारतको नयाँ दिल्लीबाट सञ्चालित कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, नाइजेरिया, मलेशिया, इन्डोनेशिया, साउदी अरेविया, मेक्सिको, थाइल्याण्ड लगाएत विश्वको ५० भन्दा बढी देशका २५० भन्दा संस्था तथा व्यक्तिको सहभागिता थियो ।
पोष्ट ‘कोभिडको समयमा जीवन र आजीविकाको लागि समग्र शिक्षा–अगाडीको बाटो’ विषयवस्तुमा आयोजित उक्त सम्मेलनमा ‘योग्य शैक्षिक संस्थाहरुका लागि विशिष्ट पुरस्कार’ भन्ने मूल नाराकासाथ विभिन्न विधाका पुरस्कारहरु वितरण गरिएको थियो ।
कोभिड–१९ का कारण बन्द रहेको अवस्थामा पनि विद्यालय गरेको शैक्षिक गतिविधिलाई समेत आधार बनाई अर्वाड स्कुललाई प्रदान गरिएको हो । विद्यालयले भर्चुअल शिक्षण सिकाई प्रकृयामा अपनाएका शिक्षण पद्धतिहरु, श्रव्य-दृष्य कक्षा, लिखित तथा मौखिक मूल्याङकन विधि, विद्यालयको भौतिक पूर्वाधार, स्कुलका उपलब्धि आदिलाई मुल्याङकनको आधार बनाइएको थियो ।
कार्यक्रममा नमोबुद्ध ईन्टरनेशनल मोडेल स्कुलका संस्थापक प्रिन्सिपल ज्ञान बहादुर तामाङ र को–अर्डिनेटर सन्तोष खत्रीको सहभागिता थियो ।
अन्तराष्ट्रिय अवार्डले विद्यालयको शिक्षा गुणस्तरीय छ भन्ने कुरालाई प्रमाणीत गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार लामाले बताए।
शिक्षा क्षेत्रमा विगत २ दशकभन्दा लामो समयदेखि सञ्चालित नमोबुद्ध ईन्तटरनेशनल मोडेल स्कुलले प्ले ग्रुपदेखि कक्षा १० सम्मको शिक्षा प्रदान गर्दै आएको छ । विद्यालयले आगामी शैक्षिक शत्रदेखि कक्षा १२ सम्मको शिक्षा प्रदान गर्ने तयारी गरिरहेको प्रिन्सिपल तामाङले जानकारी दिए ।

अटो सोसियल फ्रेन्डसको रक्तदान कार्यक्रम

अवैध लागूऔषध गाँजासहित एयरपोर्टबाट विदेशी पक्राउ

प्रहरीका ६ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस (सूचीसहित)

आफ्नै कीर्तिमान तोड्न सगरमाथातिर लम्किँदै कामीरिता

अब यसरी घरमै सजिलै बनाउनुहोस् तीन प्रकारका मोजितो

दूध शुद्ध छ कि छैन ? यसरी पत्ता लगाउनुहोस्

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया