सरकारी छाप कीर्ते गर्ने १८ वर्षपछि पक्राउ

बनियानी- सरकारी छाप कीर्ते मुद्दाका फरार एक जनालाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–५ का ६५ वर्षीय उदय पराजुली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिए ।
सरकारी छाप, दस्तखत कीर्ते मुद्दामा पराजुलीलाई जिल्ला अदालतले विसं २०६० माघ २१ गते एक वर्ष कैद र रु ५० जरिवानाको सजाय तोकेको थियो । सोही समयदेखि फरार पराजुलीलाई फैसला कार्यान्वयनका लागि प्रहरीले बिहीबार पक्राउपछि जिल्ला अदालतमा पेश गरेको र पिसीआर परीक्षणपछि कैद भुक्तानका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको प्रमुख भट्टराईले बताए ।
तीनतलेका किसानले व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

प्रतिक्रिया