बाराका दुई पालिकामा आज सार्वजनिक बिदा

बारा- कात्तिक शुक्ल पूर्णिमाका अवसरमा बाराका दुई फरक–फरक पालिकाभित्र आज सार्वजनिक बिदा दिइएको छ । बाराको करैयामाई गाउँपालिका र फेटा गाउँपालिकामा सार्वजनिक बिदा दिइएको हो ।
करैयामाई गाउँपालिकाको वडा नं २ मा रहेको करैयामाई मन्दिरमा र फेटा गाउँपालिकाको वडा नं १ मा रहेको त्रिवेणीमा तथा खैरातियामाई मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका दिन स्नान गरी जिल्लाका विभिन्न शक्तिपीठमा मेला तथा पूजा हुने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको पालिका अध्यक्षहरूले जानकारी दिए । बिदाका दिन गाउँपालिकाभित्रका सबै वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थालगायतका सार्वजनिक सङ्घसंस्था बन्द रहने जनाइएको छ । रासस

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया