प्रतिनिधि सभा विघटनविरुद्ध जसपाको प्रर्दशन

बुटवल : प्रतिनिधिसभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले केन्द्रीय कार्यक्रमअनुसार बुधबार प्रर्दशन भैरहवामा प्रदशैन गरेको छ । जिल्ला सदरमुकामहरूमा गरिएको प्रर्दशनमा वर्तमान प्रधानमन्त्री केपी ओली र सरकारविरुद्ध नारावाजी गरिएको छ । रुपन्देहीको भैरहवामा -याली तथा विरोध प्रदर्शन गरेको छ । ओली सरकारको असंवैधानिक कदमविरुद्ध विरोध प्रदर्शन गरिएको जसपा रुपन्देहीका अध्यक्ष राम अवतार यादवले बताए ।
सिद्धार्थनगर–४ उद्योगपुरीस्थित जसपा रुपन्देही जिल्ला पार्टी कार्यालयबाट सुरु भएको -याली गल्लामण्डी, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर सभामा परिणत भएको जसपा लुम्बिनी प्रदेश सदस्य उज्जवल पोखरेलले जानकारी दिए ।
सभालाई सम्बोधन गर्दै जसपाका केन्द्रीय सदस्य तथा पूर्ववनमन्त्री मोहम्मद वकिल मुसलमानले संविधानमै व्यवस्था नभएको प्रतिनिधिसभा संसद विघटन गरेर ओली सरकारले असंवैधानिक कदम चालेको बताए । उनले गणतन्त्रको संरक्षण ओली नेतृत्वको सरकारबाट हुन नसक्ने दाबी गरे । पार्टीका केन्द्रीय सदस्य देवेन्द्र पाण्डेय (सागर)ले ओली सरकारबाट न्यायको आशा गर्न नसकिने बताए । केन्द्रीय सदस्य अतिअुल्लाह मुसलमानले नेपालको नागरिकले राजतन्त्र फालेकोले प्रधानमन्त्री ओलीलाई पनि हटाउन समय नलाग्ने बताए ।
जसपाका केन्द्रीय सदस्य किस्मत विकले प्रधानमन्त्री ओलीको कदमविरुद्ध जनताले धावा बोल्ने बताए । पार्टीका नेता ओमप्रकाश यादवले कम्युनिष्ट सरकारलाई जनताको सरकार भन्न नमिल्ने बताए । जसपा रुपन्देहीका अध्यक्ष राम अवतार यादवले संविधानलाई मिचेर प्रतिनिधिसभा विघटन गरिएको बताए ।
लुम्बिनी प्रदेशसभा सांसद सन्तोषकुमार पाण्डेयले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले तीन करोड नेपाली जनतालाई दुःखी बनाएको बताए । उता कपिलवस्तुको तौलिहवा, पश्चिम नवलपरासीको परासी मा पनि विरोध सभा गरिएको थियो । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा विरोध कार्यक्रम भएको सो पार्टीका नेता तथा प्रदेश संयोजक अशोक यादवले बताए ।

परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

संस्कृति संरक्षण गर्न मादल बजाउने तालिम

गाउँपालिकाको नामकरण गरिएको ताल नै संकटमा

पूर्वाधार विकासले सुगम बन्दै सोनारी क्षेत्र

किसानलाई अनुदानमा धानको बीउ वितरण

माछा मारेर गर्जो टार्नेहरू समस्यामा

फोहोरबाट टायल, इन्टरलकलगायत सामग्री उत्पादन

प्रतिक्रिया