राणा शासनको 'प्युसो'लाई हटाएरै छाड्छौंः वरिष्ठ अधिवक्ता भण्डारी

काठमाडौँ - वरिष्ठ अधिवक्ता एकराज भण्डारीले राणा शासनको प्युसोलाई हटाएरै छाड्ने बताएका छन् । आज सर्वोच्च परिसर भित्र भएको कानुन व्यवसायीहरुको आन्दोलनलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएका हुन् ।
उनले सत्तामा रहेका राणाहरुलाई नेपाली जनताले उहिल्यै फालेको बताउँदै सर्वोच्च अदालतमा भएको प्युसोलाई पनि जसरी पनि फालि छाड्ने बताए । 'सत्तामा भएका राणाहरुलाई नेपाली जनताले उहिल्यै हटाए हामी पनि हटाउँछौं', उनले भने ।
दलहरुले राणालाई हटाउने वातावरण बनाएनन् भने पाँच दललाई पनि सरकारबाट हटाउने भण्डारीले चेतावनी दिए । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै लामो समयदेखि बार एसोसिएसन र न्यायाधीशहरू आन्दोलनरत छन् ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया