बेलायतले १० हजार नेपाली नर्स लैजाने

काठमाडौँ- सरकारले बेलायत रोजगारीमा १० हजार नर्स पठाउने तयारी गरेको छ । बेलायतसँग श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्टाफ नर्स पठाउने गरी समन्वय गरिरहेको जनाएको छ ।
शुक्रबार राजधानीमा वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले नेपालबाट नर्स लैजान चाहेकाले सम्झौताको तयारी भइरहेको बताए ।
‘हामी कसरी श्रमिकमैत्री सम्झौता गर्न सकिन्छ भनेर छलफल गरिरहेका छौँ। यसमा छिट्टै नै काम हुन्छ’, सचिव गौतमले भने। श्रम मन्त्री कृष्णकुमार श्रेष्ठले पनि मन्त्रालयले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको बताए ।
सीपयुक्त र दक्ष जनशक्ति कामदार पठाउनका लागि आकर्षक गन्तव्य मुलुकको खोजी भइरहेको मन्त्री श्रेष्ठले जानकारी दिए । वैदेशिक रोजगारमा जानेले दुखः नपाउन भनेर कार्यविधि र श्रमसम्झौता गर्ने तयारी भइरहेको उनले बताए ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया