एबी डिभिलियर्सले लिए सन्यास

काठमाडौँ- दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डिभिलियर्सले क्रिकेटबाट सन्यास लिएका छन् । सन् २०१८ मा अन्तर्राष्ट्रिय क्रिकेट त्यागेका एबी डिभिलियर्स फ्रेन्चाइज लिगहरूमा पनि नदेखिने भएका हुन् । ३७ वर्षिय एबी डिभिलियर्सले आफ्नो १७ वर्षे करियरमा ११४ टेस्ट, २२८ ओडीआई र ७८ अन्तर्राष्ट्रिय टी–ट्वान्टी खेलेका छन् ।
‘मेरो क्रिकेट यात्रा अत्यन्तै रोचक रह्यो । अब भने मैले सन्यास लिने निर्णय गरेको छु । मैले यो उत्साहपूर्वक खेलेँ । अब भने मसँग यो खेलमा लागिपरिरहने उर्जा बाँकी छैन,’ एबी डिभिलियर्सले भनेका छन् ।
एबी डिभिलियर्सको घोषणासँगै उनको इन्डियन प्रिमियर लिग (आईपीएल)को टिम रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)सँगको यात्रा पनि सकिएको छ । उनले सन् २०११ मा आरसीबीबाट आईपीएल करियरको सुरुवात गरेका थिए । उनले १० सिजन आईपीएल खेलिसकेका छन् । एबी डिभिलियर्सले आरसीबीका लागि १५६ खेल खेल्दै कुल ४ हजार ४ सय ९१ रन बनाएका छन् ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया