सुन्तलाका दाना झर्न थालेपछि किसान चिन्तित

म्याग्दी - पाक्ने बेला भएको सुन्तलाको दाना झर्न थालेपछि यहाँका कृषक चिन्तित भएका छन् । दानाभित्र औशा परेर सुन्तला झर्न थालेको हो । बेनी नगरपालिका-३ मरेकका इन्द्र थापाले पाक्नै लागेको सुन्तलाको दानाभित्र किरा (औसा) परेर धमाधम झर्न थालेको बताए । ‘गत वर्ष एक लाख रूपैयाँको सुन्तला बेचेको थिएँ । यसपालि ७० हजारको पनि उत्पादन नहुने अवस्था छ,’ उनले भने, ‘फल दिने नयाँ बोट थपिए पनि यसपालि गाउँभरि सुन्तला उत्पादन घटेको छ । करिब तीस प्रतिशत दाना झरिसक्यो ।’
गत वर्ष एक लाख ५० हजारको सुन्तला बेचेका मालिका गाउँपालिका-७ बिमको लुरबाङका कृष्ण सापकोटाको २ सय वटा बोट भएको बगैँचामा झरेको सुन्तला भुइँभरि छन् । ‘झरेको सुन्तला दिनभरि संकलन ग¥यो, फेरि भोलिपल्ट उस्तै हुन्छ,’ उनले भने, ‘पाक्ने बेलामा सुन्तला बजार पठाउन नपाउँदै झरेर सकिन थाल्यो ।’
मरेकका थापा र लुरबाङका सापकोटाको मात्र नभएर जिल्लाका अधिकांश बगैँचाका सुन्तला झर्ने समस्या देखिएको छ । सुन्तलाको बोट सुक्ने र दाना झर्ने समस्या देखिएको बेनी -३ राखुका खिमबहादुर पुनले बताए । कात्तिकको अन्तिम हप्तादेखि सुन्तलाको दाना झर्ने समस्या देखिएको कृषकले बताएका छन् । सुन्तला जिल्लामा मुख्य निर्यातयोग्य कृषि उपज हो ।

सरकारी वित्त घाटा २ खर्ब ९ अर्ब, विकास बजेट खर्च अझै पनि सुस्त

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

नेपाली सडकमा ५०० भन्दा बढी सेरेस ईभीहरु: २०२६ मा तीन नयाँ ईभीहरू नेपाल ल्य…

हुन्डाई नेपालद्वारा बुटवल–भैरहवामा नयाँ क्रेटा ईभी सार्वजनिक

आजदेखि घट्यो पेट्रोलियम पदार्थको मूल्य

कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

पेट्रोलियम पदार्थको मूल्य घट्यो, लिटरको कति पर्छ ?

प्रतिक्रिया