कर्णालीका मुख्यमन्त्री शाहीले विश्वासको मत लिन बैठक आह्वान

सुर्खेत - कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवन शाहीले विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेश प्रमुख तिलक परियारले मंसिर १४ गते दिउँसो एक बजेका लागि प्रदेशसभा बैठक आह्वान गरेका छन् ।
‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम माननीय मुख्यमन्त्रीज्यूले विश्वासको मत लिने प्रयोजनका लागी संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको बैठक मंसिर १४ गते दिउँसो एक बजेका लागि आह्वान गरिन्छ,’ प्रदेशसभा सचिवालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । बैठकमा उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको सचिवालयले जनाएको छ । सत्तागठबन्धनमा रहेका दलको समर्थनमा शाही १६ कात्तिकमा कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रतिनिधिसभाको बैठक बस्दै

राजनीतिमा खुट्टा तान्ने प्रवृत्ति हावी भयो : उपसभापति गुरुङ

बजेट नल्याएका स्थानीय तहलाई सामान्य प्रशासन मन्त्रालयले सहजीकरण गर्ने

‘कुलिङ अफ पिरियड’सम्बन्धी छानबिन समितिद्वारा प्रतिवेदन तयार

आज प्रतिनिधिसभाको बैठक बस्दै

संविधानअनुसार सङ्घीयता कार्यान्वयन गरिनुपर्नेमा कार्यवाह प्रधानमन्त्री सिंहको जोड

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया