बारलाई वार्तामा आउन प्रधानन्यायाधीश राणाको आह्वान
काठमाडौँ - झण्डै एक महिनादेखि आन्दोलित नेपाल बार एशोसिएसनलाई वार्तामा आउन प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा जबराले फेरि आह्वान गरेका छन् । शुक्रबार दिउँसो प्रधानन्यायाधीश राणाले बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई वार्ताका लागि पत्र पठाएका हुन् ।
बिहीबार मात्रै आन्दोलनका क्रममा प्रहरीसँग घम्साघम्सी हुँदा सामान्य घाइते भएका अध्यक्ष श्रेष्ठ शुक्रबारको आन्दोलनमा थप आक्रामक भएर प्रस्तुत भएका थिए । उनले प्रधानन्यायाधीश राणाले राजीनामा नदिए झन् आदोलन चर्काउने चेतावनी समेत दिएका थिए ।
शुक्रबार जबर्जस्ती सञ्चारकर्मीलाई समेत प्रवेश गराएर सर्वोच्च अदालतभित्रै प्रदर्शन र कोणसभा गरेका कानुन व्यवसायीले प्रधानन्यायाधीश राणाको राजीनामा माग चर्काएका थिए । प्रदर्शन सकिएलगत्तै प्रधानन्यायाधीश राणाले बारका अध्यक्ष श्रेष्ठलाई वार्तामा आउन आह्वान गरेको बारका महासचिव लीलामणि पौडेलले बताए ।
‘हामीलाई वार्ताका लागि प्रधानन्यायाधीशले पत्र पठाएका छन्,’ बारका महासचिव पौडेलले भने, ‘वार्ताका लागि पत्र आएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ ।’
यसअघि साेमबार पनि प्रधानन्यायाधीश राणाले वार्ताका लागि आन्दाेलित कानुन व्यवसायीलाई आग्रह गरेका थिए ।

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया