सुन कछुवासहित टोखाबाट दुई जना पक्राउ
काठमाडौँ - काठमाडौको टोखामा सुन कछुवासहित दुई जना पक्राउ परेका छन् । टोखा नगरपालिका ७ ग्राण्डी अस्पताल नजिकैबाट सशस्त्र प्रहरीले सुन कछुवासहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दोलखा घर भई टोखा नगरपालिका ३ टोखा बस्ने ५० वर्षीय सञ्जु तामाङ्ग र सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिका १ बस्ने २४ वर्षीय अम्बिर राई छन् ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौबाट खटिएको सशस्त्र प्रहरीले उक्त कछुवासहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई बरामद कछुवासहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी टोखामा बुझाईएको छ ।

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

प्रतिक्रिया