धनुषामा बालिका बलात्कारको आरोपमा साधु पक्राउ

जनकपुरधाम - धनुषा प्रहरीले ३ वर्षीय बालिका बलात्कार गरेको आरोपमा एक ७५ वर्षीय साधुलाई पक्राउ गरेको छ । प्र्रहरीका अनुसार धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर–३ को इच्छापुरस्थित एक मन्दिरमा बस्दै आएका क्षिरेश्वरनाथ नगरपालिका ६ निवासी साधु शिवजी रामलाई पक्राउ गरिएको हो ।
बालिकालाई मन्दिर प्राङ्गणको कुनामा लगेर जबर्जस्ती करणी गरेको पीडितको परिवारले दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक तिलक सुनारले बताएका छन ।
उजुरीका आधारमा रामलाई प्रहरीले पक्राउ गरेर जबर्जस्तीकरणी सम्बन्धी कसुरमा मुद्दा चलाएको छ । उनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने पीडित बालिकाको परिवारको निगरानीमा उपचार भइरहेको ईन्चार्ज सुनारले जानकारी दिए ।

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

प्रतिक्रिया