प्रदेश ५ को नाम लुम्बिनी, राजधानी भालुवाङ

बुटवलः प्रदेश ५ को स्थायी राजधानी भालुवाङ भएको छ । सरकारले प्रदेशसभामा प्रस्तुत गरेको प्रस्ताव दुईतिहाइ बहुमतले पारित भएको छ । पारित भएसँगै राजधानी भालुवाङ र नाम लुम्बिनी भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरे । यो सँगै मगलबारबाट प्रदेश को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ भएको हो ।
प्रदेशसभामा भएको मतदानमा भालुवाङ राजधानीका पक्षमा ६९ र विपक्षमा १३ तथा लुम्बिनी प्रदेश नामकरणका पक्षमा ७९ र विपक्षमा चार मत परेको सभामुख घर्तीले सदनलाई जानकारी दिए । राजधानीका पक्षमा तीन र नामकरणका पक्षमा दुई सदस्य तटस्थ बसेका थिए । कुल ८७ सदस्य रहेको प्रदेशसभामा सभामुख घर्ती र प्रदेशसभा सदस्य सुरेन्द्रबहादुर हमाल मतदान प्रक्रियामा सहभागी भएनन् ।
प्रदेश सरकारका तर्फबाट असोज १६ गतेको प्रदेशसभा बैठकमा दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाले चर्चेको राप्ती नदी किनाराको मैदानी भाग देउखुरी उपत्यका क्षेत्रलाई स्थायी राजधानीका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्ताव गरेका थिए । त्यसै गरी प्रदेशको नामकरणका लागि पनि मन्त्री केसीले सभामा प्रस्ताव प्रस्तुत गरेका थिए । दुवै प्रस्तावमा मगलबार मतदान भएको हो ।
प्रस्तावमाथि प्रदेशसभामा विपक्षी दल नेपाली काङ्ग्रेसका तर्फबाट फरक प्रस्ताव दर्ता गरिए पनि प्रदेशसभाको बैठकमा मत विभाजन हुँदा दुइ तिहाइ मतले सरकारको प्रस्ताव पारित भएको हो ।

'कुलिङ अफ पिरियड'मा मरो संलग्नता भेटिए कारबाही भोग्न तयार छु : रामहरि खतिव…

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरि खतिवडाको राजीनामा

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरि खतिवडाले राजीनामा दिनुपर्छ :…

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

प्रतिक्रिया