गाईघाटमा पहिलो पटक सवारी चालक अनुमति पत्रको परीक्षा
उदयपुर - गाईघाटमा पहिलो पटक सवारी चालक अनुमति पत्रको परीक्षा शुक्रबारदेखि सुरु भएका छ । यातायात व्यवस्था सेवा कार्यालय गाईघाटले पहिलो पटक नयाँ सवारी चालक अनुमति पत्रका लागि परीक्षा लिएको हो । पहिलो दिनको लिखित परीक्षामा दुई सय जनाले सहभागिता जनाएका छन् ।
यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले गाईघाटबाटै लाइसेन्स वितरणको काम अगाडी बढाएपछि पहिलो चरणमा लिखित परीक्षाको काम भएको कार्यालयका प्रमुख सुवास कार्कीले जानकारी दिए ।
पहिलो चरणको लिखित परीक्षाको लागि दुई पांग्रे तथा ४ पांग्रे सवारीको ट्रायलका लागि १ सय ९६ जनाको सहभागिता रहेको कार्यालय प्रमुख कार्कीले बताए ।गाईघाटबाटै लाइसेन्स वितरणको काम भएपछि उदयपुरबासी तथा अन्य छिमेकी जिल्लाहरूबाट लाइसेन्सका लागि धमाधम आउन थालेको कार्कीले बताए ।
लिखित परीक्षा गाईघाटस्थित संगमटोलको प्याराडाइज बोर्डिङमा गरिएको छ । लिखित परीक्षाको नतिजा ३ दिनभित्र आइसक्ने कार्यालयले जनाएको छ । नतिजा कार्यालयको आधिकारिक फेसबुक पेज, कार्यालयको सूचना बोर्ड र कार्यालयको वेबसाइटबाट पनि हेर्न सकिने जनाएको छ । लिखित परीक्षाको नतिजा आएको केही दिनमै ट्रायलको प्रक्रिया अगाडी बढाइने प्रमुख कार्कीको भनाइ छ ।

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया