बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

एमाले महाधिवेशन : पाँचथरबाट आठ प्रतिनिधि चयन

काठमाडौँ- नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि पाँचथरबाट आठ जना प्रतिनिधि चयन भएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले पाँचथरबाट प्रतिनिधि छानिएका हुन् । 

खुलातर्फ राजकुमार भण्डारी, बसन्तकुमार नेम्वाङ, श्रीप्रसाद जवेगु, भुवनीप्रसाद लिङ्देन र धनकुमार फियाक चयन भएका छन् । महिलातर्फ आशारत्न जवेगु र सीता आचार्य तथा दलिततर्फ नारायण खाती चयन भएका छन् ।