माओवादीको वडा अधिवेशन : खोटाङमा दुई हजारले नयाँ जिम्मेवारी पाउँदै

खोटाङ- खोटाङमा नेकपा (माओवादी केन्द्र)को वडा अधिवेशनमार्फत २ हजार नेता-कार्यकर्ताले नयाँ जिम्मेवारी पाउँदैछन् । ७९ वडा रहेको जिल्लामा पदाधिकारीसहित प्रतिवडा २९ सदस्यीय वडा कमिटी निर्माणका क्रममा २ हजार २ सय ९१ जनाले नयाँ जिम्मेवारी पाउन लागेका हुन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको सबै वडामा अधिवेशको तयारी पूरा भएको नेकपा (माओवादी केन्द्र) खोटाङका संयोजक देवान किराती पृथ्वीले बताए ।
शनिबार पाँच वडाबाहेक अन्य वडामा नेतृत्व चयन हुनेछ । पाँच वडामा भने वडा नेतृत्वको आफन्तको मृत्यु भएका लगायतका कारण वडा अधिवेशन हुन नसकेको संयोजक किरातीले बताए । माओवादी केन्द्रको वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित सदस्य चयन गर्ने छन् । वडा कमिटीमा ३५ प्रतिशत महिला र १० प्रतिशत दलितको प्रतिनिधित्व हुनेछ ।
माओवादी केन्द्रले ११ मंसिरमा पालिका, २५ मंसिरमा प्रदेश तथा ११ पुसदेखि १३ पुसमा काठमाडौँमा राष्ट्रिय सम्मेलन गर्दैछ ।
तीनतलेका किसानले व्यवसायिक चिराइतो खेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

प्रतिक्रिया