बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

रुपन्देहीमा मतगणनास्थलमै कांग्रेस कार्यकर्ताबीच कुटाकुट, क्षेत्रीय सचिवका उम्मेदवारसहित पाँच घाइते

बुटवल - रुपन्देहीमा नेपाली काँग्रेसका कार्यकर्ताबीच कुटाकुट हुँदा पाँच जना घाइते भएका छन् । देउवा पक्षका कार्यकर्ताहरूले पौडेल पक्षका कार्यकर्तालाई कुटपिट गरेकाे दाबी छ । काँग्रेसको १४औँ माहाधिवेशनअन्तर्गत प्रदेश निर्वाचन अन्तरगत क्षेत्र न ३ क अन्तर्गत सिद्धार्थनगरमा रहेको मतगणना स्थलमा आक्रमण हुँदा पाँच जना घाइते भएको प्रदेश ३ क का उम्मेदवार पुरण श्रेष्ठले जानकारि दिए।

सिद्दार्थनगर नगरपालिका भैरहवामा मध्यराति युवाहरूले आक्रमण गर्दा क्षेत्रीय सचिवका उम्मेदवार शैलेस पन्त गम्भीर घाइते भएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । उनको नाकको हड्डी फ्याक्चर भएको छ ।

मत परिणाममा हार्ने अवस्था आएपछि जेनेरेटर बन्द गराउँदै एक हुल युवाहरू मतगणाना स्थलमा प्रवेश गरेर आक्रमण सुरु गरेको श्रेष्ठले बताए । आक्रमणबाट समान्य घाइते भएका ४ जनाको भैरहवामा उपचार चलिरहेको छ ।

आक्रमण भएपछि मतगणाना स्थगित भएको छ । तरुणदल रुपन्देहीका अध्यक्ष सोम बहादुर गुरुङको नेतृत्वमा आक्रमण भएको पीडित पक्षकाले बताएका छन् । उता आरोपित पक्षका क्षेत्रीय सभापतीका उम्मेदवार सुशील गुरुङले मतगणनास्थलमा विववाद नभएको बताए । उनले बाहिर होहल्ला भएको सुनिएको भन्दै आपसमा कुटपिट गर्नु उचित नभएको बताए ।

निर्वाचन समितिका संयोजक माधव घिमिरेले भित्र केही नभएको भन्दै एक्कासि मतगणना रोक्न भनिएको बताए । उनले जेनेटर केही समय बन्द भएको तर कुटपिट नभएको प्रतिक्रिया दिए । यो क्षेत्रगृहमन्त्री बालकृष्ण खाणको क्षेत्र हो ।