कास्कीका ६ वटै क्षेत्रमा कांग्रेसका यी प्रदेश सभापति निर्वाचित

कास्की - सत्तारुढ नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत कास्की प्रदेशसभाका ६ निर्वाचन क्षेत्रमा शुक्रबार मतदानबाट नेतृत्व चयन गरिएको छ । प्रदेश निर्वाचन क्षेत्रको पदाधिकारीसहित प्रदेश प्रतिनिधिका लागि भएको निर्वाचनको अबेर सम्पन्न मतगणनाबाट कास्की निर्वाचन क्षेत्र नं १(क)मा दुर्गाप्रसाद सुवेदी सभापतिमा निर्वाचित भएका छन् । यसैगरी १ को (ख)बाट कृष्णप्रसाद कोइराला निर्वाचित भएको कास्की कांग्रेसले जनाएको छ ।
क्षेत्र नं २ को (क)बाट दिनेश आचार्य सभापतिमा विजयी भए । उपसभापतिमा माधवप्रसाद बराल र चेतबहादुर महत, सचिवमा टंकप्रसाद भण्डारी र नारायणप्रसाद शर्मा निर्वाचित भए । यसैगरी क्षेत्र नं २ को (ख)बाट दीपेन्द्र मर्सानी सभापति निर्वाचित भए । उपसभापतिमा सरिता पराजुली र होमबहादुर बानियाँ, सचिवमा सुवर्ण केसी र शिरषकुमार बास्तोला, सहसचिवद्वयमा निलम बाटाजु र सुरेश खवास निर्वाचित भएका छन् ।
कास्की क्षेत्र नम्बर ३ को (क) बाट पुष्पेन्द्र पाण्डेले दीपकराज पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका छन् । उपसभापतिमा मोतिराज तिमिल्सिना र दिलीप गिरी, सचिवमा गङ्गाबहादुर गुरुङ र प्रकाश सापकोटा र सहसचिवमा अनिल गुरुङ र विष्णुप्रसाद अधिकारी निर्वाचित भए । क्षेत्र नं ३ को (ख)बाट जीवनाथ पौडेल निर्वाचित भए । प्रदेश अधिवेशनबाट सभापति र उपसभापति, सचिव र सहसचिव दुई/दुई जना निर्वाचित भएको जनाइएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया