कोभिडका कारण भारतका विभिन्न राज्यमा कर्फ्यु

मुम्बई : कोभिड-१९ थप फैलिन नदिन भन्दै भारतका विभिन्न राज्यमा कर्फ्यु जारी गरिएको छ । दक्षिण पश्चिमी राज्य कर्नाटकमा बुधबारदेखि जनवरी २ तारिखसम्म लागू हुनेगरी बुधबार नै कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्यु रातको समयमा मात्रै लागू हुने भएको छ ।
राति १० बजेदेखि बिहान ६ बजेसम्म मात्रै लागू हुनेगरी कर्फ्यु आदेश जारी गरिएको अधिकारीहरूले जनाएका छन् । यसअघि भारतकै महाराष्ट्र राज्यले पनि सातघण्टे कर्फ्यु आदेश जारी गरेको केही दिनपछि कर्नाटक राज्यले आठ घण्टे कर्फ्यु लगाएको हो ।
महाराष्ट्रमा राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । महाराष्ट्रमा जनवरी ५ सम्मका लागि कर्फ्यु लगाइएको अधिकारीहरूले जनाएका छन् । नयाँ वर्ष २०२१ र क्रिसमसका अवसरमा भीडभाड र चलहलपहल बढेर महामारी थप फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएको आदेशमा उल्लेख गरिएको छ ।
कर्नाटकका स्वास्थ्यमन्त्री डा के सुधाकरले डिसेम्बर २३ देखि जनवरी २ सम्म रातिको समयमा बाहिर निस्कने, हिँडडुल गर्ने वा भीडभाड गर्ने कुनै पनि गतिविधि नगर्न सबैलाई आह्वान गर्नुभएको छ । चाडपर्वसम्बन्धी गतिविधि विषेश गरेर रातिको समयमा धेरै हुने भएकाले रात्रिकालीन कर्फ्यु लगाइएको अधिकारीहरूको भनाइ छ ।
भारतको कर्नाटकमा मात्रै अहिलेसम्म कोभिडका कारण १२ हजार २९ जनाको मृत्यु भएको छ भने कूल १४ हजार १४ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । (एएनआई)

स्वेच्छाले अमेरिका छाडनेलाई पैसादेखि हवाइ टिकटसम्म निःशुल्क

१३ सन्तानको पिता मस्क, अझै बढी किन जन्माउन चाहन्छन् सन्तान ?

'ट्रान्सजेन्डर महिला'लाई बेलायतले राख्यो महिला कोटाबाट बाहिर

अन्ततः ब्रम्हाण्डमा फेला पर्यो जीव भएको अर्को ग्रह

दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर सन् २०२५ को विश्व प्रेस फोटो अफ द …

केही देशले अमेरिकासँगको वार्तालाई ‘लिकबाट हटाउन’ खोजिरहेका छन् : रुस

सुडानको अल–फासेरमा झडप, ५७ जनाको मृत्यु

प्रतिक्रिया