मोहम्मद सलाह र लिभरपुलमा उनको विरासत

काठमाडौं : मोहम्मद सलाह सञ्चारमाध्यलाई धेरै अन्तर्वार्ता दिँदैनन् । तर जब उनी अन्तर्वार्ता दिन्छन्, त्यसले एक प्रकारको माहोल सिर्जना गर्छ । प्रेसले हेडलाइन पाउँछ । अनि फुटबल सर्मथकले बहसका लागि नयाँ विषय पाउँछन् ।
गएको साता त्यस्तै भयो । स्पेनिस अखबार एएससँगको अन्तर्वार्ताले इजिप्सियन सलाहलाई बेलयाती प्रेसको हेडलाईन बनायो । सलाहले एएससँगको वार्तामा राखेका वाक्य, शब्दहरुको फरक फरक ब्याख्या अनि विश्लेषण गरियो । अन्तर्वार्ता दौरान, सलाहले कप्तानीका विषयमा टिप्पणी गरे । च्याम्पियन्स लिगमा मिज्जिल्यान्डविरुद्धको खेलमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डलाई लिभरपुल प्रशिक्षक योर्गेन क्लपले कप्तान बनाएको विषयमा उनको भनाई थियो, ‘क्लपले मलाई कप्तान बनाउँछन् जस्तो लागेको थियो । तर कप्तानको जिम्मेवारी आर्नोल्डले पाए । म खिन्न भए । तर त्यो प्रशिक्षकको निर्णय थियो । त्यसलाई मैले सम्मान गर्नुपर्छ ।’
सोही अन्तर्वार्तामा सलाहलाई भविष्यको योजना बारेमा पनि सोधियो । उनको उत्तर थियो, ‘अहिले नै उत्तर दिन ग्राहो छ । म कती समय लिभरपुलमा रहन्छु, त्यो क्लबको निर्णयमा भर पर्छ ।’ स्पेनको अखबारले सलाहलाई रियल म्याड्रिड र बार्सिलोनाका बारेमा नसाध्ने कुरै भएन । ‘रियल र बार्सिलोना दुबै ठूला क्लब हुन् । भविष्यमा के हुन्छ थाहा छैन । तर अहिलेका लागि मेरो ध्यान लिभरपुलमै रहेर फेरी लिग र च्याम्पियन्स लिग जित्नु हो । अनि क्लबका लागि नयाँ कीर्तिमान राख्दै जानु हो,’ सलाहको उत्तर थियो ।
हो, सलाह लिभरपुलमा नयाँ नयाँ कीर्तिमान बनाउने बाटोमा छन् । उनले अन्तर्वार्तामा ब्यक्त गरेको अभिब्यक्ति र लिभरपुलका लागि गरिरहेको प्रदर्शन मिल्दो छैनन् । अन्तर्वार्तामा आफु लिभरपुलमा खुशी नभएको संकेत गरेपनि उनले प्रत्येक खेलमा क्लबमा राम्रो प्रदर्शन गरिरहेका छन् । त्यसकै नतिजा हो, उनी प्रिमियर लिगको सर्वोच्च गोलकर्ताको दौडमा हुनु । जारी लिग सिजनमा उनले प्रत्येक ८३ मिनेटमा गोल गरिरहेका छन् । गत शुक्रबार क्रिस्टल प्यालेसका विरुद्ध बेन्चबाट मैदान प्रवेश गरी दुई गोल गरेका सलाहले यस सिजन लिभरपुलका लागि कुल १६ गोल गरिसकेका छन् ।
क्रिस्टल प्यालेसविरुद्धको खेलमा सुरुवाती एघारमा सलाह नपर्नुलाई एक साता अगाडि एएसलाई दिएको अन्तर्वार्तासँग जोडेर पनि हेरियो । तर लिभरपुल प्रशिक्षक क्लपले सलाहलाई बेन्चमा राख्ने निर्णयसँग इजिप्सियन फरर्वाडले स्पेनिस अखबारलाई दिएको अन्तर्वार्ताको कुनै सम्बन्ध थिएन । लिभरपुलका खेलाडीले हम्मेसी आफ्ना प्रशिक्षकको निर्णयका बारेमा सार्वजानिकरुपमा प्रश्न उठाउदैन् । त्यसो त क्लपले पनि खेलाडीको त्यस्तो बानिलाई रुचाउदैनन् । तर सलाहलाई प्यालेससँगको खेलमा बेन्चमा राख्ने निर्णय उनलाई आराम दिनुसँग मात्र सम्बन्धित थियो ।
सलाहले बिर्सन नहुने कुरा के हो भने उनी हाल सही क्लबमा छन् । उनले अन्य क्लबमा लिभरपुलमा जस्तो महत्व पाउने छैनन् । अनि उनले अन्तर्वार्तामा भनेको जस्तो नयाँ कीर्तिमान राख्न लिभरपुल भन्दा सहज क्लब अर्को छैन ।
तीन वर्ष अगाडि लिभरपुल आएका सलाहको इंग्लिस च्याम्पियनसँगको सम्झौता सन् २०२३ को जुन सम्मका लागि छ । उनी लिभरपुलमा सबैभन्दा धेरै तलब पाउने खेलाडीमध्येका एक हुन् । उनलाई लिभरपुलले महत्वपूर्ण खेलाडीका रुपमा पहिचान गरेको छ । त्यसैले, आउँदो जुनमा २९ वर्ष लाग्ने सलाहलाई मर्सिसाइड क्लबले अनुबन्धन नविकरणको प्रस्ताब राख्ने नै छ । सामान्यतय, यो उमेरमा कुनै पनि उच्च स्तरको खेलाडीले क्लबसँग नयाँ सम्झौता गर्दा धेरै तलबको माग गर्छन् । त्यसो त, सलाहका अगाडि लिभरपुलसँगको बसाई लम्ब्याउने बाहेक अन्य ठूला क्लबतर्फ स्थान्तरण हुने विकल्प पनि छ । उनी बाराम्बार पेरिस सेन्ट जर्मेन (पिएसजी), रियल लगायतका धनी क्लबसँग जोडिँदै आएकै छन् ।
तर सलाहले बिर्सन नहुने कुरा के हो भने उनी हाल सही क्लबमा छन् । उनले अन्य क्लबमा लिभरपुलमा जस्तो महत्व पाउने छैनन् । अनि उनले अन्तर्वार्तामा भनेको जस्तो नयाँ कीर्तिमान राख्न लिभरपुल भन्दा सहज क्लब अर्को छैन । त्यसकारण पनि उनले लिभरपुल बसाई लम्ब्याउँदै मर्सीसाइड क्लबमा आफ्नो विरासतलाई बलियो बनाउनु पर्छ ।
लिभरपुलमा सलाहले सम्झनलायकको योगदान गरेका छन् । उनले लिभरपुलको जर्सीमा च्याम्पियन्स लिग जितेका छन् । प्रिमियर लिग उचालेका छन् । क्लब विश्वकप र युइएफए सुपर कपमा सफलता चाखेका छन् । लिभरपुलका लागि गरेका गोलको संख्याले पनि सलाहलाई क्लबको इतिहासमा देखिएका महान् खेलाडीको सूचिमा दर्ज गराएको छ । उनले लिभरपुलमा एक सय ७३ खेल खेल्दा एक सय १० गोल गरिसकेका छन् । दुई पटक प्रिमियर लिगमा गोल्डन बुट जित्नुका साथै वर्ष खेलाडी पनि घोषित भएका छन् । यस्तो बलियो तथ्यांकले सलाहलाई लिगकै उत्कृष्ट खेलाडीमध्येका एक बनाउँछ । ११ नम्बरको जर्सी लगाएपनि सलाह स्ट्राइकरले जस्तै गोेल गर्छन् अनि नम्बर १० लगाउने प्लेमेकरले जस्तै गोलको अवसर सिर्जना गर्छन् । लिभरपुलले १९ पटक लिग अनि ६ पटक च्याम्पियन्स लिग जितेको छ । यस सिजन क्लप नेतृत्वको टिमले २० औ लिग र सातौं च्याम्पियन्स लिग उपाधी जित्दा सलाहको भूमिका महत्वपूर्ण हुनेछ ।
सबैप्रकारको महत्वपूर्ण उपाधी जितेका सलाहले, लिभरपुलका लागि निरन्तर प्रभावशाली प्रदर्शन गर्दै महत्वपूर्ण खेलहरु जिताएका छन् । तर कीर्तिमान र देखाएको खेल कौशलका बाबजुत सलाहलाई फुटबल समुदायमा उचित सम्मान गरिदैँन । उनलाई विश्व फुटबलका प्रभावशाली खेलाडीको सूचिमा राखिँदैन । लिभरपुल सर्मथकले समेत सलाहको योगदानलाई बिर्सिरहेका हुन्छन् ।
कीर्तिमान र देखाएको खेल कौशलका बाबजुत सलाहलाई फुटबल समुदायमा उचित सम्मान गरिदैँन । उनलाई विश्व फुटबलका प्रभावशाली खेलाडीको सूचिमा राखिँदैन । लिभरपुल सर्मथकले समेत सलाहको योगदानलाई बिर्सिरहेका हुन्छन् ।
इटालियन क्लब एस रोमाबाट सन् २०१७ मा लिभरपुल आएका सलाहले प्रत्येक साता आफ्नो खेल स्तरलाई कायम राखेका छन् । त्यसैले हुनसक्छ सर्मथकहरु सलाहले देखाउने प्रभावशाली प्रदर्शनलाई पनि स्वभाविक मान्छन् । सलाह बाहेक लिभरपुलमा साडियो मानेको योगदान पनि महत्वपूर्ण छ । बेलायती प्रेस अनि सर्मथकहरुले सलाह र मानेको सम्बन्धका बारेमा बाराम्बार बहस गरिरहेका हुन्छन् । दुबै अफ्रिकी फरर्वाड गोल गर्न खप्पिस छन् । टिमका अन्य सदस्यहरुलाई गोलका लागि अवसर पनि मिलाइरहेका हुन्छन् । दुबैको खेल्ने शैली र भूमिका समानता भएकाले उनीहरुबीच एकआपसमा प्रतिस्पर्धा वा अझ रिसराग न छैन भन्ने शंका गरिन्छ ।
तर सलाह आफुले गोल नगर्दा पनि टिमका अन्य सदस्यहरुले गोल गर्न सकुन् भन्ने भावले खेलिरहेका हुन्छन् । लिभरपुलमा उनको योगदान अतुलनिय छ । क्लप नेतृत्वको इंग्लिस टिमले घरेलु लिग जित्दा होस वा युरोपियन लिग, सलाहले उच्चस्तरको खेल कौशल देखाएका छन् । उनले कतिपय महत्वपूर्ण खेल एउटा पास वा गोलले परिवर्तन गरेको दृष्टान्त छ । त्यसकारण, क्लपले लिभरपुलमा नयाँ युगको स्थापना गर्दा, सलाह मूख्य कप्तानका रुपमा देखा परेका छन् ।
विगतमा धेरै स्थापित नामहरुले लिभरपुल छाडेका छन् । सलाहले पनि त्यही बाटो अपनाए त्यसलाई अचम्मलाग्दो घटनाका रुपमा चित्रित गरने छैन । सलाहले क्लबका लागि गरेको योगदानका आधारमा पनि उनले आफ्नो भविष्यका बारेमा लिने जुनसुकै निर्णयलाई पनि खुशीका साथ स्विर्कानुपर्ने अवस्था छ । २८ वर्षिय सलाह निरन्तर बलियो खेल देखाइरहेका छन् । उच्च स्तरको लय कायम गरिरहेका छन् । तर सलाहको प्रदर्शनका बारेमा प्रशंसा गर्दा बर्सन नहुने तथ्य के हो भने लिभरपुलका नम्बर ११ ले पछिल्ला वर्षमा निखारिएको खेल देखाउनुमा उनको प्रशिक्षक र सहकर्मीको पनि ठूलो हात छ । त्यसकारण, सलाह जहाँ छन्, सही स्थानमा छन् । र आउँदा वर्षमा पनि उनी अहिलेकै स्थानमा रहनुपर्नेछ । म्याड्रिड वा बार्सिलोना उनको लागि सही स्थान होइन । (गोलडटकमबाट)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया