बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

असल मान्छे नपाएकाले एमालेले पार्टीको झण्डा गैंडालाई बोकायोः अध्यक्ष नेपाल

काठमाडौँँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल नहुने बताएका छन् । 

नेकपा एकीकृत समाजवादी तनहुँ काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौँमा गरेका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमालेमा रहदा ओलीको अहंकारी र दम्भका साथै सत्ता लिप्सा हावी भएका कारण आफुहरुले विद्रोह गर्नु परेको भन्दै अहंकारी र दम्भ प्रवृति कहिल्यै सफल नहुने बताएका हुन् । 

उनले ओली प्रवृतिबाट निराश भए समाजवादीमा प्रवेश गर्नेहरुको संख्या पनि बढेको तर्क गरे । केन्द्र तथा प्रदेशबाट बाहिरिनुपरेको एमाले अब जिल्ला जिल्लामा पनि शुन्यको अवस्थामा पुग्ने उनले बताए । त्यस्तै अध्यक्ष नेपालले असल मान्छे नपाएकाले एमालेले पार्टीको झण्डा गैंडालाई बोकाएको टिप्पणी गरे । 

कार्यक्रममा अध्यक्ष नेपालले विभिन्न दलबाट आएका कार्यकर्तालाई नेकपा एकीकृत समाजवादी प्रवेश गराएका थिए ।