धनुषाबाट एमाले महाधिवेशन प्रतिनिधि छनाेटमा विवाद
रघुवीर महासेठविरुद्ध नाराबाजी

जनकपुरधाम – धनुषामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि छनोटमा विवाद उत्पन्न भएको छ । स्थायी कमिटी सदस्य रघुवीर महासेठले मनोमानी गरेको भन्दै कार्यकर्ताले विरोध प्रदर्शनी गरेका छन् ।
प्रदेश २, प्रदेश सभाका प्रमुख सचेतक किशोरी साहको अगुवाइमा महासेठविरूद्ध प्रदर्शनी र नाराबाजी गरिएको हो । धनुषाबाट प्रतिनिधि छनोटमा महासेठले गुटबन्दी गरेकाले विरोध प्रदर्शन गरिएको प्रमुख सचेतक किशोरी साहले बताए । ‘महासेठले गुटबन्दी गर्दै आसोपासे तथा नातागोतालाई प्राथिकता दिएका छन् । प्रतिनिधि छनोटमा गरिएको मनपरी नसच्याइएसम्म आन्दोलन जारी रहन्छ,’ उनले भने ।
पूर्वमन्त्रीसमेत रहेका महासेठले साह र माओवादी केन्द्रबाट एमालेमा रहेका शीला यादव, श्रीलाल महासेठ, फरमुद नदाफलगायतलाई बेवास्ता गरी एक्लौटी ढंगले निर्णय गरेको भन्दै कार्यकर्ताहरू आन्दोलित भएका हुन् ।

रास्वपाको मागः भिजिट भिसा छानबिनका लागि पाँचबुँदे प्रस्ताव

अघिल्लो सरकारले अघि सारेका महत्त्वपूर्ण कार्यक्रम वर्तमान सरकारले हटायोः अध्यक्ष …

अखिलको २४ औं महाधिवेशनमा बलियो संगठनात्मक पृष्ठभूमि र अनुभवसहित रेखा न्यौपा…

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

प्रतिक्रिया