शौचालय जाने क्रममा लडेर एक मजदुरको मृत्यु

संखुवासभा - संखुवासभाको मकालु गाउँपालिका–३ मा शौचालय जाने क्रममा लडेर एक जना मजदुरको मृत्यु छ । मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका–८ का ३१ वर्षीय राजु माझी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए ।
माझी गएराति १० बजे शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका थिए । प्रहरी निरीक्षक अधिकारीका अनुसार गम्भीर घाइते माझीको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको हो ।
माझी उत्तर दक्षिण कोसी सडक आयोजनाको निर्माण गर्ने स्वामी नारायण कन्स्ट्रक्सनका मजदुर हुन् । उनी केही महिना यता स्वामी नारायण कन्स्ट्रक्सनमा काम गर्दै आएका थिए । मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नेपालमा ८६ हजार ८०९ जना यौन श्रमिक

राशिफलमा यस्तो छ तपाईंको भाग्य

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

प्रतिक्रिया