सहिद स्मारक लिगमा थ्रीस्टारको सजिलो सुरुवात

काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्री स्टार क्लबले शनिबार विजयी सुरुवात गरेको छ । लिगको आफ्नो पहिलो खेलमा थ्रीस्टारले ललितपुरकै अर्को क्लब च्यासल युथ क्लबमाथि ३–० को जित दर्ता गर्यो ।
दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले पहिलो हाफमा दुई गोल गरेको थियो । २२ औँ मिनेटमा फुलब्याक निशान खड्काले फ्रिकिकमार्फत गोल गरेका थिए । गोल खाएको ६ मिनेटपछि नै च्यासलले खेलमा फर्किने मौका पाएको थियो । तर च्यासलका विकास मेराग्लिया गोल गर्नबाट चुके ।
पहिलो हाफ सकिनै लाग्दा थ्रीस्टारले दोस्रो गोल गर्यो । मिडफिल्डर हेमन थापा मगरको फ्रिकिकबाट प्राप्त बललाई राफाएल बिडिएसले गोल गरे । दोस्रो हाफमा पनि थ्रीस्टारले गोल थप्यो । यसपटक रक्षक अनन्त तामाङले गाेल गरे ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया