बागमती सफाइ अभियानकर्मीले खुलाए बाटो

काठमाडौँ - सिनामंगलस्थित बागमती पुलमुनि बन्द रहेको बाटो सफाइ अभियानकर्मीले खुलाएका छन् । बागमती सफाइ अभियानको ४ सय ४५औं हप्ताअन्तर्गत शनिबार नदी सफाइ गर्ने क्रममा अभियानकर्मीले त्यहाँको अवरोध हटाएका हुन् ।
अवरोध हटाइएपछि पुलमुनिको छोटो बाटोमा यात्रा गर्न पाउँदा यात्रु खुसी भएको अभियानकर्मी चक्रबहादुर चन्दले बताए । पुल बनाउने दिवा निर्माण सेवाले बाटो बन्द गरी निर्माण सामग्री थुपारेर यात्रुलाई असहज अवस्था बनाएको जनाइएको छ । यसअघि तीनकुनेको पुुल बनाउँदा पनि पप्पु कन्स्टक्शनले पुलमुनिको बाटो बन्द गरी निर्माण सामग्री थुपारेकामा अभियानकर्मीले नै खुलाएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेलले जानकारी दिइन् ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया