भू-उपयोग नियमावली निर्माणको काम अन्तिम चरणमा : मन्त्री श्रेष्ठ
काठमाडौँ - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले भूउपयोग नियमावली निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिएकी छन् । शनिबार उग्रचण्डी नाला समाजको चौथो साधारणसभाको उद्घाटन समारोहमा उनले भू–उपयोग नियमावली आएपछि खेतीयोग्य जमिनको संरक्षण भई व्यावसायिक कृषि र उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरेकी हुन् ।
मन्त्री श्रेष्ठले भू–उपयोग नीतिअनुसार कृषियोग्य जमिन र किसानहरूको हकहितको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाएर कृषिको व्यावसायीकरण, औद्योगीकरण र विविधिकरण गर्ने नीतिअनुसार मन्त्रालय कृषियोग्य भूमिको संरक्षण गर्न लागिरहेको पनि जानकारी गराइन् ।
भूमिहीन दलित, भूूमिहीन सुकुुम्वासी र उपत्यकाभित्र रहेका स्ववासीको समस्या समाधान गर्न आफूूले पहल सुरु गरिसकेको जनाउँदै उनले राष्ट्रिय सार्वभौमसत्ता र विकास अभिभाज्य हुने हुँदा विकास निर्माणका काममा तेरो मेरो नभनी एक भएर लाग्न सबैैलाई आग्रह गरिन् ।
मन्त्री श्रेष्ठले काभ्रेको नाला प्राकृतिक सम्पदा, जैविक विविधता, संस्कृतिक सम्पदाले महत्वपूर्ण हुँदादँुदै पनि प्रचार–प्रसार र संरक्षणको अभावमा अगाडि आउन नसकेको धारणा राखिन् । रासस

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

प्रतिक्रिया