बिदाई कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले भने- सेनालाई सदैव सहयोग गर्छु

काठमाडौं : सैनिक मुख्यालय जङ्गी अड्डाले उपप्रधानमन्त्री तथा निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेललाई बिदाइ गरेको छ । जङ्गीअड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित उक्त कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले आफ्नो कार्यकालमा नेपाली सेनाले विपद्का समयमा गरेको उद्धार, राहत र कोभिड–१९ को महामारीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
सेनाबाट भइरहेको विकासनिर्माण, प्रकृति संरक्षणलगायत कार्यको स्मरण गर्दै उनले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सेनालाई सुझाव दिए । उपप्रधानमन्त्री पोखरेलले भने, 'म आफू जुनसुकै ठाउँमा रहे तापनि सेनालाइ सदैव सहयोग गर्ने छु ।'
सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले रक्षामन्त्री पोखरेलबाट करीब तीन वर्षका कार्यकालमा भएको मार्गनिर्देशन र सुधारात्मक कार्यको थालनीप्रति धन्यवाद ज्ञापन गर्दै आभार व्यक्त गरे । निवर्तमान रक्षामन्त्रीको नेतृत्वमा कार्यसम्पादनमा सहजता र सरलता अनुभूति भएको उल्लेख गर्दै उनले भने, 'राष्ट्रिय सुरक्षा नीति २०७५ को कार्यान्वयन कार्ययोजनाको स्वीकृति, प्रतिरक्षा नीतिको मस्यौदा निर्माण, राष्ट्रिय प्रतिरक्षा विद्यालयको स्थापनालगायत महत्वपूर्ण उपलब्धि यो समयमा भएका छन् ।'
सो अवसरमा निवर्तमान रक्षामन्त्री पोखरेललार्ई प्रधानसेनापति थापाले मायाको चिनो प्रदान गरेको थियो । उक्त कार्यक्रममा रक्षा सचिव, बलाधिकृत रथी, रक्षा मन्त्रालयका पदाधिकारी, रथीवृन्दलगायत अधिकृत उपस्थित थिए ।

देशलाई अगाडि बढाउन नयाँ चरणको आन्दोलनको तयारी भइरहेको छः अध्यक्ष लिङ्देन

नेकपा माओवादी केन्द्रले भन्योः वर्तमान गठबन्धनको सरकार धेरै दिन टिक्दैन
विद्या भण्डारीले गरिन् सरकारी सेवा सुविधा परित्याग

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आह्वान

नेतृत्वप्रति आक्रोश भए पनि व्यवस्थाप्रतिको समर्थन घटेको छैनः माधव नेपाल

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

प्रतिक्रिया