सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस दुर्घटना

काठमाडौँ - सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस दाङमा दुर्घटना भएको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीले दिएको जानकारीअनुसार कर्णाली प्रदेश ०२–००१ ख ०२१९ नम्बरको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-३ नारायणपुरमा गएराति दुर्घटनामा परेको हो ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । बसको अगाडिको पट्टा भाँचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको हो । बसमा ३९ जना यात्रु सवार थिए । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

स्याङ्जामा १३ वर्षीया बालिका बलात्कृत

खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

प्रतिक्रिया