सोमबारदेखि सुरु हुँदै नवौँ मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौँ - नवौँ नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय भच्र्युअल चलचित्र महोत्सव सोमबारदेखि सुरु हुने भएको छ । कोभिड–१९ को कारण बदलिएको परिस्थितिलाई मध्यनजर गर्दै नवौँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भर्चुअल हुने आयोजक मानव अधिकार केन्द्र जारी विज्ञप्तिमा जनाइएको छ ।
कार्यक्रममा २४ देशका ४२ वटा स्वदेशी तथा विदेशी फिचर फिल्म, वृत्तचित्र, छोटा चलचित्र साथै सबै विधाका चलचित्रहरु देखाइने छ । देखाइने चलचित्रहरु महोत्सवमा आवेदन परेकामध्येबाट उत्कृष्ट चलचित्रहरु प्रर्दशनको लागि छनोट गरिएको हो ।
यस महोत्सवमा चलचित्रहरु मुभी डटकम अनलाईन वेभसाइट लग इन (9nhriff.muvi.com) गरेर हेर्न सकिने छ । महोत्सव सुरु भएको दिनदेखि अर्काे दिन बिहान ७ बजेसम्म फिल्म हेर्न सकिने छ । कार्यक्रममा चलचित्र प्रर्दशनसँगै मानव अधिकारकर्मी र कलाकर्मीहरुसँग अन्र्तक्रिया, प्यानल छलफललगायतका कार्यक्रमहरु तय गरिएको छ ।
महोत्सवमा चलचित्र देखाएपछि ‘मानव अधिकार र न्यायका लागि वातावरण’, मानव अधिकारमा कोडिभ–१९ को प्रभाव’, ‘महिला विरुद्ध हुने हिंसा रोक्न, सशक्तिकरण, अधिकार र समावेशीकरणमा सिनेमाको भूमिका, जस्ता विषयमा चलचित्रकर्मी, मानव अधिकारकर्मी, अनुसन्धानकर्मी, युवाहरुसँग अन्तक्र्रिया तथा छलफल पनि गरिनेछ । त्यस्तै ‘ओटीटी प्लेटफर्ममा नेपाली सिनेमा कसरी पुर्याउने ? बारे मास्टरक्लासको पनि आयोजना गरिने छ ।
महोत्सवमा अन्तर्राष्ट्रिय विधाका चलचित्रहरुको प्रर्दशन मात्र गरिने छ भने नेपाली विधाका चलचित्रहरूको प्रतिस्पर्धा हुनेछ । जसमा प्रतिस्पर्धी नेपाली चलचित्रहरुलाई निर्णायक मण्डलले उत्कृष्ट फिक्सन, उत्कृष्ट बृत्तचित्र र उत्कृष्ट महिला चलचित्रकर्मीको छनौट गरी पुरस्कार घोषणा गरिनेछ । चलचित्र महोत्सवमा आशा मगराती, मनोजबाबु पन्त र लिना रञ्जितले निर्णायक मण्डलको भूमिका निर्वाह गर्ने भएका छन् । महोत्सवको सह–आयोजकको रुपमा राष्ट्रिय मानव अधिकार र नेपालका लागि क्यानडा राजदूतावास रहने छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया