एपीएफमाथि ब्रिगेड ब्याइजको रोचक जित

काठमाडौँ - सहिद स्मारक ए डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफ फुटबल क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ । काठमाडौँमा भएको खेलमा ब्रिगेड ब्वाइज क्लबले एपीएफलाई ३–२ गोलले हराएको हो ।
ब्रिगेड ब्वाइज क्लबलाई जिताउन दिनेश राईले दुई तथा सुरज गुरुङले एक गोल गरे । खेल सुरु भएको १२ औँ मिनेटमै गोल गरेर दिनेशले ब्रिगेडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६५ औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरे ।
एपीएफका लागि आशिष लामाले १७ औँ मिनेटमा गोल गर्दा बिक्की तामाङले ७७ औँ मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याएका थिए । दुई–दुई गोलको बराबरीमा रोचक खेल चलिरहेका बेला सुरज गुरुङले ९२ औँ मिनेटमा गोल गर्दै ब्रिगेडलाई जित दिलाएका हुन् ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया