झापाका निर्माणसँग गायिका प्रविशाको लगनगाँठो (फोटो फिचर)

काठमाडौँ- गायिका प्रविशा अधिकारीले झापाका निर्माण सिटौलासँग विवाह गरेकी छिन् । सामाजिक सञ्जालमा भएको चिनजान प्रेम हुँदै विवाहमा परिणत भएको हो । निर्माण अमेरिकामा बसोबास गर्छन् ।
प्रविशाले निर्माणको कुरा परिवारमार्फत आएको र कुरा गर्दै जाँदा विवाहसम्म पुगेको इकागजलाई बताइन् । ‘घरबाटै कुरा आएको हो । धेरैले प्रेम विवाह ठान्नुहुन्छ तर त्यसो होइन । हाम्रो त बल्ल लभ पर्न थालेको थियो,’ प्रविशाले भनिन् । आइतबार झापामा दुवैको विवाह भइरहेको छ । प्रविशाको पनि मूलघर झापा नै हो ।
‘खुशी’ चलचित्रबाट नेपाली फिल्मको पाश्र्व गायनमा छिरेकी प्रविशाले ‘कसलाई दिउँ यो जोवन’ शीर्षकको चलचित्रमा गाएको ‘तिमी जहाँ छौँ’बाट पाश्र्व गायनमा नाम बनाएकी थिइन् । दर्जनौँ आधुनिक गीतमा स्वर दिएकी प्रविशाले पछिल्लो समय गाएकोमध्ये ‘रोज’ चलचित्रको ‘फूल हैन काँडा’ निर्क चर्चित भएको थियो ।
प्रविशा हाल भने हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘पद भ्वाइस किड’को चारमध्ये एक कोच हुन् ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया