सिक्किमको फिल्म फेस्टिभलमा बलिउडकी मलाइका अरोरादेखि नेपालका अनमोल केसीसम्म

काठमाडौँ- सिक्किम सरकारले आउँदो डिसेम्बरको १० देखि १४ तारिखसम्म राजधानी गान्तोकमा ग्लोबल फिल्म फेस्टिभल गर्दैछ । यो फेस्टिभलमा बलिउडसँगै नेपाली कलाकारले पनि सहभागिता जनाउँदैछन् । सिक्किमको फिल्म प्रमोसन बोर्डले आइतबार एउटा पोस्टर जारी गर्दै महोत्सवमा सहभागी हुने कलाकारको नाम सार्वजनिक गरेको छ ।
सार्वजनिक पोस्टरमा नेपालबाट भुवन केसी, अनमोल केसी, दयाहाङ राई, नम्रता श्रेष्ठ, अदिति बुढाथोकी, विनय श्रेष्ठ अटाएका छन् । यसमध्ये भुवन केसी त भर्खरै मात्र यही फेस्टिभलको सिलसिलामा छलफल गर्न सिक्किम पुगेर फर्किएका थिए ।
फेस्टिभलमा सहभागी नेपाली नाममध्ये अदिती बुढाथोकी अहिले नै सिक्किमा सुटिङ गरिरहेकी छिन् भने नम्रता र विनय श्रेष्ठ पनि केही समयपछि नै सुटिङका लागि सिक्किम पुग्दैछन् । सारुक ताम्राकारसमेत महत्वपूर्ण भूमिकामा रहने यो फिल्म सिक्किममा सुटिङ गर्न लागिएको चर्चा छ ।
सिक्किमले बलिउडबाट भने उति ठूला सेलेब्रेटी निम्त्याउन सकेको छैन । प्रमोसन बोर्डले सार्वजनिक गरेको पोस्टरमा बलिउडबाट मलाइका अरोरालाई स्टार सेलेब्रेटी र क्याम्पेनरको रुपमा स्थान दिएको छ भने बाँकी अधिकांश अनुहार निर्देशक छन् । यो लिस्टमा भने चिनिएका प्रियदर्शन, अभिनव कश्यप र अनन्त महादेवन अटाएका छन् ।
महोत्सवमा सिक्किमा खिचिएका नेपाली तथा बलिउड फिल्मको प्रदर्शन हुने सिक्किम फिल्म प्रमोसन बोर्डले जनाएको छ । यसमा पहिले नै खिचिएका ‘साइनो’देखि भर्खरै खिचिएको ‘जार’सम्म छन् । बलिउड फिल्म ‘ज्वेल थिफ’, ‘यारियाँ’, ‘करिब करिब सिंगल’ आदि पनि यो अवसरमा प्रदर्शन गरिनेछन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया