घनेन्द्र ओझाको ‘असमान पहाडहरू’ बजारमा

काठमाडौँ - नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका घनेन्द्र ओझाको नवीनतम् कविताकृति ‘असमान पहाडहरू’ प्रकाशन भएको छ । समालोचना र पत्रकारितामासमेत सक्रिय ओझाको बाह्रौं पुस्तकका रूपमा प्रकाशन भएको यस कविता संग्रहमा समसामयिक विषयका २१ कविता समाविष्ट छन् ।
कृतिभित्रका कवितामा समाजका बेथिति, कुसंस्कार, राजनीतिक अव्यवस्था र अराजकता, सांस्कृतिक विचलन र सामाजिक विखण्डन, मानवीयतामा ह्रास, प्रकृतिप्रेम, सामाजिक, राजनीतिक नेतृत्वमा भइरहेको नैतिक पतनजस्ता विषय समेटिएको छ ।
युवा साहित्यकार एवम् समालोचक महेश पौड्यालको लामो र विस्तृत भूमिका रहेको यस कृतिको प्रकाशक कवि स्वयम् छन् भने वितरक कन्दरा पब्लिकेसन रहेको छ । पुस्तकको मोल १ सय ५० रूपैयाँ रहेको छ ।

अष्ट्रेलियाको अर्बनमा रामजी र शान्तिरानीले तीजमा नचाउँने

जेबिएस क्रियशनको नयाँ तीज गीत ‘रेलिमै’ सार्वजनिक (भिडियोसहित)

एक दशकपछि गायक शक्ति लामाको ‘सल्लाघारी….’ मार्फत भावनात्मक पुनरागमन (भिडियो)

ग्वान्जाओको एनआरएनए भेलामा आशिष सचिनको सनसनी प्रस्तुति

राजामैली ‘एसएसएमबी २९’को हैदारावादको सुटिङ सकियो, अब तान्जानियामा

कपिल शर्मा शोमा नदेखिनुको कारण खोलिन भारती सिंहले

जापानमा पहिलो पटक ‘नेपाल म्युजिक फेस्ट २०२५’ आयोजना हुने

प्रतिक्रिया