सौगात र अर्पणको ‘लप्पन छप्पन २’ शिवरात्रीमा

काठमाडौं : महामारीका कारण रोकिएका फिल्मले धमाधम प्रदर्शन मिति सार्वजनिक गर्न थालेका छन् । यही मेसोमा ‘लप्पन छप्पन२’ले पनि प्रदर्शन मिति सार्वजनिक गरेको छ । युरोपमा सुटिङ भएको फिल्मले शिवरात्रीको अवसर पारेर फागुन २७ बाट प्रदर्शन थाल्ने घोषणा गरेको छ । निर्माण टिमले यसअघि आउँदो नयाँ वर्षमा रिलिज गर्ने योजना सार्वजनिक गरेको भए पनि अन्ततः एक महिना अघि नै रिलिज गर्ने निर्णय सार्वजनिक गरेको हो ।
बेल्जियम र अष्ट्रेलियामा सुटिङ गरिएको फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, राजेन्द्र विष्ट, शक्ति श्रेष्ठ, आना ढकाल आदि कलाकारको अभिनय रहेको छ । गोल्डेन हिल्स पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् ।
उनले पटकथा लेखनमा भट्टले सुनिल नेउरे र अमिता शर्माको सहयोग लिएका छन् । फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका हुन् । फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट, दीपक आरजे र बुलेट फ्लोको संगीत, नरेशनाथ योगीको कोरियोग्राफी, हिमाल केसीको द्धन्द्ध र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
समापिका गौतम: ‘खेल’ मार्फत सशक्त उपस्थिति, थिएटरदेखि पर्दासम्मको यात्रामा अभिन…

‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्गलवार टिजर आउने

जब मध्यरातसम्म नवाजको र्यापमा झुम्यो एलओडी...

रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ

आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मोहनलालको फिल्म ओटिटीमा आउँदै

बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजको छाँटकाट छैन्

प्रतिक्रिया