हेभिवेट मनाङ मर्स्याङ्दीको साँघुरो जित

काठमाडौँ- मनाङ मर्स्याङ्दीले सहिद स्मारक ए डिभिजन लिगको आफ्नो पहिलो खेलमा आइतबार जावालाखेल युथ क्लबलाई १–० ले पराजित गरेको छ । रक्षक दिनेश राजवंशीले गरेको एक मात्र गोलको सहरामा मनाङले साँघुरो जित हासिल गरेको हो ।
दशरथ रंगशालामा भएको खेलमा दिनेशले ५६ औँ मिनेटमा गोल गरेका थिए । दयानन्द सिंहले प्रहार गरेको कर्नरबाट प्राप्त बललाई दिनेशले जाली चुमाएका थिए ।
लिगको पहिलो चरणका अन्तिम खेलहरू सोमबार हुँदैछन् । दिनको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबको सामना गर्दैछ । त्यसैगरी दोस्रो खेलमा च्याम्पियन मछिन्द्र क्लबको भेट न्युरोड टिम (एनआरटी)सँग हुनेछ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया