'सिरी ए' मा एसी मिलानको कीर्तिमान

काठमाडौं : इटालियन सिरी ए मा यस सिजन उत्कृष्ट प्रदर्शन गरिरहेको एसी मिलानले बुधबार लाजियोलाई पराजित गरेसँगै लिग उपाधि दौडमा आफुलाई थप बलियो बनाएको छ । सानसिरोमा लाजियोमाथि ३-२ को जित दर्ता गर्दा मिलानले यस अंग्रेजी वर्ष अपराजित हुँदै समापन गर्यो । युरोपका पाँच ठुला लिग खेल्ने क्लब मध्ये मिलान मात्रै जारी सिजनमा हार ब्यर्होन बाँकी रहेको टिम हो ।
जारी लिगमा १४ खेलमध्ये १० मा विजय र चारमा बराबरी गरेको मिलानले यस अंग्रेजी वर्ष लगातार १५ खेलमा दुई वा बढी गोल गरेको छ । ७० वर्षयता कुनै पनि क्लबले एक वर्षमा लगातार १५ खेलमा दुई वा बढी गोल गर्न सकेको थिएन । यसअघि यो कीर्तिमान बार्सिलोनाको नाममा थियो । जसले सन् १९४८ मा लगातार १८ खेलमा दुई वा बढी गोल गर्न सफल भएको थियो ।
मिलानले आफ्नो बलियो लय कायम राख्दा सिरी ए को उपाधी दौड प्रतिस्पर्धात्मक बनदै गएको छ । मिलानको सहरी प्रतिद्वन्द्वी इन्टर मिलानले १४ खेलबाट ३३ अंक बनाउँदै उपाधी भिडन्तमा आफ्नो उपस्थितीलाई कमजोर बन्न दिएको छैन । उता, च्याम्पियन युभेन्टस भने १३ खेलबाट २४ अंक मात्र बटुल्दै छैठौं स्थानमा अड्किएको छ ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया