बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

धनगढी - बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बैतडी सदरमुकाम गोठालापानीबाट त्रिपुरासुन्दरीका लागि छुटेको जन्ती बोकेको म १ ज ३१० नम्बरको बोलेरो जीप कलुवामोडमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जीप सडकबाट करिब ४ सय मिटर तल खसेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी प्रमुख बामदेव गौतमले जानकारी दिए । उनका अनुसार देहीमाण्डुबाट जन्ती बोकेर जादै गरेको जीप दशरथचन्द नगरपालिकाको कलुवामोडमा दुर्घटनामा परेको हो ।
प्रहरी घटनास्थल पुगेर उद्धारको काम सुरु गरेको छ । तर राती भएका कारण जीप दुर्घटनामा घाइते भएकाको उद्धारमा समस्या भइरहेको प्रहरीको भनाइ छ ।
जीपमा कति जना सवार थिए ? र, दुर्घटनाको कारण खुल्न बाँकी छ ।

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

स्याङ्जामा १३ वर्षीया बालिका बलात्कृत

खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

प्रतिक्रिया