हङकङसँग पराजित भयो नेपाल
महिला टी–ट्वान्टी विश्वकप छनौट

काठमाडौँ- आईसीसी महिला टी–ट्वान्टी विश्वकप क्षेत्रीय छनौटमा नेपाली महिला राष्ट्रिय टिमले सोमबार हङकङसँग पराजय भोगेको छ। संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा भएको खेलमा नेपाल ६ विकेटले निराश बन्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १०४ रन बनाएको थियो । उता हङकङले १८ ओभरमा चार विकेटको क्षतिमा नेपालले दिएको लक्ष्य पूरा गर्यो ।
नेपालका लागि ओपनर सिता राना मगरले सर्वाधिक ४० रन बनाएकी थिइन् । उनीबाहेक इन्दु बर्माले मात्रै दोहोरो अंक जोडिन् । इन्दुले ३७ बलमा ३१ रन प्रहार गरिन् । तर बाँकी ब्याट्सवुमनको ब्याटिङ नचल्दा नेपाल सस्तैमा समेटियो ।
हङकङको जितमा मारिको हिलले ३८ बलमा ४२ रन जोडिन् । यसैगरी नताशा माइल्स । कप्तान केरी चानको नाममा १६ तथा १७ रन रह्यो । बलिङतर्फ नेपालका लागि कविता कुँवर, सिता राना मगर र सवनम राईले एक–एक विकेट लिए ।
एसियातर्फको महिला टी–ट्वान्टी विश्वकप छनौटमा कुल ६ टिम सहभागी छन् । नेपालमाथि जित हासिल गरेसँगै हङकङ पहिलो स्थानमा छ । दोस्रो स्थानमा यूएई छ । यूएईले उद्घाटन खेलमा मलेसियालाई हराएको थियो । यी चार टिमबाहेक आयोजक भुटान र कुवेत पनि ग्लोबल छनौटका लागि स्थान पक्का गर्न क्षेत्रीय छनौटमा प्रतिस्पर्धामा छन् ।

नेपाली क्रिकेट टोली बन्द प्रशिक्षण शिविरका लागि भारत जाने

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_EZZ0Yscm7b_5ukrysqto4g5om8xgfiekct2qpncktjxbcnfhyqxnqwhlbbj5k8ncexontts.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

प्रतिक्रिया