‘इन्डिया स्विट्स एन्ड स्पाइसेस्’को समीक्षाले दंग मनीषा कोइराला

मनीषा कोइराला एक समय बलिउडकै टप हिरोइन थिइन् । ‘बम्बई’, ‘दिल से’, ‘१९४२ अ लभ स्टोरी’ जस्ता फिल्मको सफलताले उनलाई बलिउडमा एक नम्बर हिरोइनको रुपमा स्थापित गरेका थिए । तर यो समय लामो समय टिकेन ।
यही बीचमा मनीषालाई क्यान्सरले समातेपछि त मनीषाले लगभग बिर्सिए जस्तै भएको थियो । तर सञ्जय दत्तको जीवनमा बनेको ‘सञ्जु’ले बलिउडमा उनको अस्ताउँदो करिअरलाई सञ्जिवनी दियो । तर यसले मनीषाको भूमिका पनि परिवर्तन गरिदियो ।
हिरोइनको रुपमा अभिनय गरिरहेकी मनीषा यो फिल्ममा रनवीर कपुरको आमा बनेकी थिइन् अर्थात् फिल्ममा मनीषा नरगिसको भूमिकामा थिइन् । त्यसयता ओटिटीतिर आउने केही फिल्म खेलेकी मनीषाले यस्ता फिल्मबाट खासै जस पाएकी थिइनन् ।
तर हाल विश्वका प्रतिष्ठित फिल्म फेस्टिभलमा घुमिरहेको नयाँ फिल्म ‘इन्डिया स्विट्स एन्ड स्पाइसेस्’ले भने मनीषालाई पुनः चर्चाको केन्द्रमा ल्याएको छ । यो फिल्मको हलिउडका अनलाइनले समेत समीक्षा गरेका छन् र फिल्ममा मनीषाको अभिनयको खुलेर तारिफ गरिरहेका छन् ।
सोमबार उनले यसरी समीक्षा गरिएका पोस्ट सेयर गर्दै खुसी व्यक्त गरेका छिन् । उनले सिनेमा र अभिनय आफ्नो प्यासन रहेको बताउँदै यसमा तीन दशक बिताएको स्मरण गर्दै पछिल्ला दिनमा भने फिल्मले पाएको प्रशंसाले आफूलाई पुलकित बनाएको धारणा राखेकी छिन् । यसपछि भने उनले फिल्मको समीक्षाका स्क्रिनसट राखेकी छिन् । गीता मलिकको निर्देशन रहेको फिल्ममा मनीषाले आमाको भूमिका निर्वाह गरेकी छिन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया