‘म्याड म्याक्स फ्युरी’ को प्रिक्वेल दुई वर्षपछि

लसएञ्जल्स : वार्नर ब्रोजले २०२१ भरी रिलिज हुने फिल्म एचबिओ म्याक्समा पनि रिलिज गर्ने निर्णय गरेपछि कम्पनी विवादमा परेको छ । वार्नर ब्रोजका लागि फिल्म बनाएका कतिपय निर्देशकले आफूलाई थाहै नदिई यस्तो निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
यसैबीच वार्नरले त्यो विवादबाट ध्यान अन्तै मोड्न नयाँ फिल्म प्रदर्शन मिति सार्वजनिक गरेको छ । ‘म्याड म्याक्स फ्युरी रोड’को प्रिक्वेल ‘फुरीओसा’ का तीन भर्जन सन् २०२३ मा सार्वजनिक हुने वार्नरले जनाएको छ । ‘फुरीओसा’को सांगीतिक भर्जन ‘दि कलर पर्पल’, पारिवारिक फिल्म ‘क्योटे भर्सेज एक्मी र एक्सन भर्जन ‘फ्युरीओसा’ गरी तीनै फिल्म २०२३ मा सार्वजनिक हुनेछन् ।
आन्या टेलरको मुख्य भूमिका रहेको ‘फ्युरीओसा’ जुन २३ मा रिलिज हुनेछ भने लाइभ एक्सन तथा एनिमेसन भर्जन जुलाइ २१ मा । ‘दि कलर पर्पल’ चाहिँ क्रिसमसको छेको पारेर डिसेम्बर २० मा रिलिज हुनेछ । धेरैले वार्नरको यो घोषणालाई हल रिलिजको उसको प्रतिवद्धताको रुपमा व्याख्या गरेका छन् । जर्ज मिलर निर्देशित ‘म्याड म्याक्स ’ एक्सन फिल्ममध्ये सर्वाधिक रेटिङ पाएको फिल्म हो । यसअघि यसका चार भाग सार्वजनिक भइसकेका छन् ।

टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत् ‘ऊनको स्वीटर’का कलाकारहरू परी…
समापिका गौतम: ‘खेल’ मार्फत सशक्त उपस्थिति, थिएटरदेखि पर्दासम्मको यात्रामा अभिन…

‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्गलवार टिजर आउने

जब मध्यरातसम्म नवाजको र्यापमा झुम्यो एलओडी...

रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ

आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मोहनलालको फिल्म ओटिटीमा आउँदै

प्रतिक्रिया