रुपन्देहीमा कतै मतदान, कतै सर्वसहमति

बुटवल - नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत रुपन्देहीमा कतै मतदान त कतै सर्वसहमतिमा नेतृत्व चयन भएको छ । पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा तिनवटामा मतदान भैरहेको छ ।
तर क्षेत्र नम्बर ५ को क्षेत्रीय अधिवेशन निर्विरोध भएको छ । सोमबार सम्पन्न अधिवेशनबाट क्षेत्र नम्बर ५ को सभापतिमा वसिउल्लाह मुसलमान निर्बिरोध निर्वाचित भए । क्षेत्रीय अधिवेशनबाट सचिवमा अशोककुमार गोश्वामी र कृष्णप्रसाद शर्मा तथा सहसचिवमा हरि घिमिरे र चिरञ्जीवी खनाल निर्बिरोध निर्वाचित भएको प्रमुख मतदान अधिकृत नुरजंग केसीले बताए ।
यस्तै रुपन्देहीको क्षेत्र नम्बर ५ मा महाधिवेशन प्रतिनीधि र क्षेत्रीय सदस्यसमेत सर्वसम्मत रुपमा चयन भएको छ । क्षेत्र नम्बर १, २ र ३ मा प्यानलगत मतदान भएको छ । क्षेत्र नम्बर ४ मा भने सहमतिका लागि समय थप गरिएको छ । गृहमन्त्री वालकृष्ण खाणको गृह जिल्ला रुपन्देहीमा पौडेल पक्षले कडा टक्कर दिएको छ ।

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छः महामन्त्री थापा
रास्वपाको हस्ताक्षर अभियान एकसय दिन चल्ने

एमाले सचिवालय बैठक सुरू

'श्रम र उत्पादनमा वाइसिएल अभियान' पार्टीले अघि सारेको 'उत्पादन ब्रिगेड'को निर…

एमाले सचिवालय बैठक बस्दै, विधान मस्यौदामा प्रारम्भिक छलफल हुने

प्रतिक्रिया