प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार कटौती
सर्वोच्च अदालतको नियमावली राजपत्रमा प्रकाशित
काठमाडाैँ - प्रधानन्यायाधीशको पेशी तोक्ने अधिकार कटौती गर्दै सर्वोच्च अदालतको संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशित भएको छ । सोमबार दिउँसो सर्वोच्च अदालत (दोस्रो संशोधन) नियमावली, २०७८ राजपत्रमा प्रकाशित भएको हो । अब प्रधानन्यायाधीशको पेशी तोक्ने उक्त अधिकार पेशी व्यवस्थापन निर्देशन समितिले गर्नेछ ।
‘मुख्य रजिष्ट्रारले पेशी व्यवस्थापन निर्देशन समितिको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा रही साप्ताहिक तथा दैनिक पेशी सूची तयार गर्दा गोपनियता कायम गर्नुपर्नेछ', संशोधित नियमावलीमा लेखिएको छ ।
केही दिनअघि बसेको सर्वोच्च अदालतको ‘फूलकोर्ट’ बैठकले नियमावली संशोधन गरेर पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरेको थियो । साथै बैठकले गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको थियो । फूलकोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा अनुपस्थित थिए । तर गोलाप्रथामा जाने फूलकोर्ट बैठकको निर्णयमा उनले पछि हस्ताक्षर गरेका थिए ।
अब राजपत्रमा नियमावली प्रकाशित भएपछि सर्वोच्चमा गोलाप्रथाबाट पेशी तोकिनेछ । तर ‘फूलकोर्ट’ बैठक बसेर मात्रै लागू गर्ने तयारी छ ।
राजपत्रमा प्रकाशित सर्वोच्च अदालत दोस्रो संशोधन नियमावली २०७८

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया