आइतबार २२ असार, २०८२
Sunday, July 06, 2025

दाहाल-नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरू सर्वोच्च र निर्वाचन आयोग जाने

काठमाडौं : नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल पक्षले सर्वोच्च अदालत र निर्वाचन आयोगमा आफ्नो उपस्थिति देखाउने भएको छ । बिहीबार(आज)बसेको स्थायी समिति बैठकले शुक्रबार बिहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोगमा गएर आफ्नो उपस्थिति देखाउने निर्णय गरेको हो । दाहाल-नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरु सर्वोच्च र निर्वाचन आयोग जाने भएका हुन् । 

अहिले समूहको केन्द्रीय समिति बैठक बसिरहेको छ । यसअघि स्थायी समिति बैठक राखिएकोे थियाे ।