दीपेन्द्र लामाको निर्देशनमा एलिजा र कुन्साङको ‘घुइँचो’

काठमाडौँ - केही दिनअघि मात्र अभिनेत्री एलिजा गौतमले ‘घुइँचो’ खेल्न लागेको समाचार आएका थिए । राम दैलेखीले निर्माण गर्न लागेको यो फिल्ममा एलिजा मात्र फाइनल भएको निर्माण पक्षले जनाएको थियो ।
तर यसको हप्ता दिन नबित्दै निर्माण टिमले एलिजाको जोडी बनेर खेल्ने अभिनेता र निर्देशकको पनि टुंगो लगाएको छ । सोमबार अपरान्ह नयाँ बानेश्वरको एभरेस्ट होटलमा आयोजित कार्यक्रममा निर्माण टिमले एलिजाको जोडीको रुपमा कुन्साङ बोमजन र निर्देशकको रुपमा दीपेन्द्र लामालाई अनुबन्ध गरेको जनाएको हो ।
औपचारिक कार्यक्रममा निर्देशक दीपेन्द्र लामा र कुन्साङ दुवैले ‘घुइँचो’ दर्शकको रुचिलाई मध्येनजर गरी निर्माण गर्ने अपेक्षा व्यक्त गरे । निर्देशक दीपेन्द्र लामाले एलिजा गौतमसँग तेस्रो प्रयासमा सहकार्य जुरेको रहस्य खोले । ‘उहाँसँग काम गर्न भनेर यसअघि पनि दुई चोटि प्रस्ताव आएका थिए । बल्ल तेस्रोमा आएर मौका मिल्यो,’ लामाले भने ।
उनले उद्योगमा फिल्म बन्ने काम तीब्र भए पनि पर्याप्त कलाकार नहुँदा निर्माताले सास्ती भोगेको यथार्थ सुनाउँदै कुन्साङ जस्ता कलाकारको उपस्थितिले निर्माता निर्देशकले रोज्जा कलाकार पाउने बताए ।
एलिजाले यसअघि आफैँले निर्माण गरेको फिल्म ‘अनुराग’बाट उद्योगमा डेब्यु गरेकी थिइन् । उनले पहिलो फिल्मको असफलताले धेरै कुरा सिकाएको बताउँदै हरेक क्षेत्रमा दोब्बर मेहनतका साथ काम गर्ने बताइन् । फिल्मलाई राम दैलेखीले निर्माण गर्नेछन् । फिल्मको सुटिङ फागुनदेखि हुने कार्यक्रममा जानकारी गराइयो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया