भरतपुरमा ईर्ष्या गर्नलायक विकास भएको छ : अर्थमन्त्री शर्मा

भरतपुर - अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्रमा सबैले ईर्ष्या गर्नलायक विकास भएको बताएका छन् । सोमबार चितवनमा आयोजित ‘समृद्ध भरतपुरका लागि विकास बहस’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
यहाँको स्वास्थ्य सेवा, शैक्षिक विकास, सामाजिक सेवा, कृषि क्षेत्र, युवा परिचालन, ठूला पूर्वाधारलगायतको क्षेत्रमा भएको विकास देखेर आफूलाईसमेत ईर्ष्या जागेको मन्त्री शर्माको भनाइ छ ।
‘यो ईर्ष्या भनेको सकारात्मक ईर्ष्या हो, देशभर सबैले सिक्न लायक विकास हो’ उनले भने, ‘यहाँको विकासले मेची र महाकालीलाई उत्प्रेरित गर्न खोजेको छ ।’ मन्त्री शर्माले नारायणी तटबन्धन, नारायणी करिडोर, भरतपुर विमानस्थलको स्तरोन्नति, राष्ट्रिय निकुञ्ज पुग्ने सडकसहित पूर्वाधार विकासका लागि स्रोतको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे । यस्तै भरतपुरमा निर्माणाधीन रंगशालाको निर्माण कार्यलाई पूर्णता दिने विषयमा पनि छलफल भइरहेको जानकारी दिए ।

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता हुने

जन्मोत्सवमा राप्रपाका वरिष्ठ नेता जबरालाई जनसम्मान

नेपाली राजनीतिमा कँडेलको योगदान स्मरणयोग्य छः सभापति देउवा

माओवादीको नेतृत्वमा १२ वामपन्थी दलले आज काठमाडौँमा प्यालेस्टाइनको पक्षमा प्रदर्…

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

कांग्रेसले गरायो निर्वाचनमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई सचेत

आजपाले माग्यो खानेपानी मन्त्री यादवको राजिनामा

प्रतिक्रिया