हेलम्बुमा गोठमा आगलागी हुँदा जलेर तीन बालकको निधन (अपडेट)

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका सरसिङमा आगलागीमा जलेर तीन बालकको मृत्यु भएको छ ।
वडा नम्बर-७ सरसिङका सन्च तामाङको ढुङ्गा माटोले बनेको,टिनले छाएको एक तले गोठमा आगलागी हुदाँ तीन बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतका अनुसार मृत्यु हुनेमा सन्च तामाङको छोरा ६ वर्षीय मनोज तामाङ, सुकुमान तामाङको छोरा ५ वर्षीय मनिस तामाङ र साईला तामाङको छोरा ५ वर्षका दिल बहादुर तामाङको आगोमा जलेर मृत्यु भएको हो ।
स्थानीय र प्रहरीको सहयोगमा राती आगलागी पूर्ण रुपमा नियन्त्रणमा आएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

स्याङ्जामा १३ वर्षीया बालिका बलात्कृत

खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

प्रतिक्रिया