‘कोहली घर फर्किन हुँदैनथ्याे’

काठमाडौं : भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली अस्ट्रेलियाबाट घर फर्केसँगै विषयमा टिका टिप्पणी सुरु भएको छ । भारतका पूर्वस्पिनर दिलिप दोशीले कप्तान कोहलीले टिम छाडेर फर्किनु राम्रो नभएको प्रतिक्रिया दिएका छन् ।
‘कुनै पनि टिमको कप्तानी सम्हाल्नु डुब्दै गरेको जहाज सम्हाले सरह हो । त्यसकारण भारतीय क्रिकेट टिमको कप्तानी गम्भीर जिम्मेवारी हो । भारतको अस्ट्रेलिया भ्रमण सफल हुन सकिरहेको छैन । यस्तो बेला कोहलीले टिमको जिम्मेवारी छाडेर घर फर्किने निर्णय गरेर राम्रो गरेनन्,’ दोशीले भने ।
कप्तान कोहली केही दिनअघि मात्र गर्भवती श्रीमतीको साथमा रहन भन्दै घर फर्किएका थिए । भारतका लागि ३३ टेस्ट खेलमा एक सय १४ लिएका दोशीले भने आफू कोहलीको ठाउँमा भएको भए राष्ट्रिय टोलीको जिम्मेवारी छाडेर नफर्किने जिकिर गरे । ‘कोहली कुन कारणले फर्किए भन्ने म बुझ्छु । तर राष्ट्रिय टिमका लागि खेल्ने कुरा अर्को कुनै पनि कार्य भन्दा ठूलो हो । त्यसैले म भएको भए टिमसँगै रहनथे ।’ दोशीले भने ।
कोहली उच्च स्तरको खेलाडी भएकाले उनको अनुपस्थितीले भारतीय टिमलाई ठूलो असर गर्ने पनि दोशीको भनाइ छ । ‘कोहली उत्कृष्ट खेलाडी हुन् । उनी नहुँदा टिमलाई निकै घाटा पर्छ । भारतीय टिमका लागि उनी कप्तान त हुँदै हुन्, त्यो भन्दा पनि उनी सबैभन्दा महत्वपूर्ण खेलाडी हुन्,’ दोशीले भने ।
कोहलीको अनुपस्थितिमा अजिंक्या रहानेले भारतीय टिमको नेतृत्व गर्नेछन् । कोहली बाहेक मोहम्मद शामी पनि आगामी खेलका लागि भारतीय टिममा हुनेछैनन् ।
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपीएलको फाइनलमा

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

प्रतिक्रिया