गुडिरहेकाे बसकाे ढाेकाबाट झरेर एक यात्रुको मृत्यु

उदयपुर - सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट-कदमाहा खण्डको सडकमा यात्रुबाहक बसबाट झरेर एक पुरुषको मंगलवबार बिहान मृत्यु भएको छ । गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसबाट त्रियुगा नगरपालिका-६ जलजलेको मोहनपुरको जंगलमा बसको ढोकाबाट झरेर विराटनगर उपमहानगरपालिका-५ बरगाछीका ३० वर्षीय सिजन विक शर्माको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
गाईघाटस्थित आफन्तको आएर फर्किने क्रममा बसबाट झरेका हुन । त्रियुगा बसपार्कबाट विराटनगर घर हिँडेको शर्मा बसको ढोकाबाट चुरोट सेवन गर्ने क्रममा ढाेकाबाट झरेको बसका कर्मचारीको भनाइ रहेको छ । शर्माको शव पोष्टमार्डमका लागि जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

स्याङ्जामा १३ वर्षीया बालिका बलात्कृत

खोटाङमा डढेलो गाउँ पस्दा एक विद्यालयसहित सात घर जलेर नष्ट

प्रतिक्रिया